Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इरान–इजरायल युद्ध रोक्न तेहरानका दुई माग

काठमाडौं - इरान र इजरायलबीच जारी युद्ध तेस्रो हप्तामा प्रवेश गरेका बेला इरानका एक पूर्वसैनिक कमान्डरले युद्ध अन्त्यका लागि दुई सर्त अघि सारेका छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – इरान र इजरायलबीच जारी युद्ध तेस्रो हप्तामा प्रवेश गरेका बेला इरानका एक पूर्वसैनिक कमान्डरले युद्ध अन्त्यका लागि दुई सर्त अघि सारेका छन्।

इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का पूर्वकमान्डर तथा एक्सपेडिएन्सी डिसर्नमेन्ट काउन्सिलका सचिव मोहसेन रजाईले अमेरिका र इजरायलले इरानलाई भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने र भविष्यमा इरानमाथि आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्ने सर्त राखेका हुन्।

रजाईले शनिबार सञ्चारमाध्यमसँग कुरा गर्दै युद्धको अन्त्य अब इजरायल वा अमेरिकाको हातमा नभई तेहरानको निर्णयमा निर्भर रहने बताएका छन्। उनका अनुसार इरानले आफ्ना दुई सर्त स्वीकार भएमा मात्र युद्ध अन्त्यबारे विचार गर्नेछ।

पहिलो सर्तका रूपमा अमेरिकाले इरानलाई पुगेको सम्पूर्ण क्षतिको भरपाई गर्नुपर्ने उनले बताएका छन्। साथै अमेरिकाले फारसको खाडीबाट आफ्नो सैन्य उपस्थिति हटाउनुपर्ने माग पनि उनले राखेका छन्।

त्यस्तै दोस्रो सर्तका रूपमा भविष्यमा इरानमाथि कुनै पनि प्रकारको सैन्य आक्रमण नहुने १०० प्रतिशत ग्यारेन्टी चाहिने रजाईले बताएका छन्। उनका अनुसार यस्तो ग्यारेन्टी अमेरिकाले फारसको खाडीबाट सेना फिर्ता गरेपछि मात्र सम्भव हुनेछ।

यसबीच इरान र इजरायलबीचको युद्ध फेब्रुअरी २८ देखि जारी छ। तीन हप्तादेखि जारी संघर्षमा दुवैतर्फ ठूलो जनधनको क्षति भएको छ। विशेषगरी इरानमा अमेरिका र इजरायलका हवाई आक्रमणबाट व्यापक क्षति पुगेको बताइएको छ।

अहिलेसम्म इरानमा मात्रै १३०० भन्दा बढी मानिसको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/