Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
विज्ञापनविश्वसनीय समाचार · स्पष्ट विश्लेषण · व्यावसायिक दृष्टिकोण
0COMMENTS

इरानविरुद्ध कडा कारबाहीको ट्रम्पको चेतावनी, अमेरिकी सैनिकको मृत्युको बदला लिने घोषणा

काठमाडौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले अमेरिकी सैनिकको मृत्युको बदला लिने घोषणा गर्दै इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिएका छन्। उनले अमेरिकी सैनिकको मृत्युको बदला लिने घोषणा गर्दै इरानमाथि अहिलेसम्मकै कठोर प्रहार गर्ने बताएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा भिडियो सन्देश सार्वजनिक गर्दै ट्रम्पले अमेरिकाले एक विशाल सैन्य अभियान सुरु गरिरहेको जानकारी दिए। उनका अनुसार यो अभियान वर्तमान सुरक्षाका लागि मात्र नभई भावी पुस्ताको सुरक्षाका लागि पनि आवश्यक रहेको दाबी गरेका छन्।

“हामी यो ठूलो अभियान सञ्चालन गर्दैछौं, जुन हाम्रो समय र स्थानको सुरक्षाका लागि मात्र होइन, हाम्रा छोराछोरी र उनीहरूका सन्तानको भविष्य सुरक्षित गर्नका लागि पनि हो,” ट्रम्पले सम्बोधनमा भने।

ट्रम्पले इरानलाई कट्टरपन्थी र आतंकवादी गतिविधिलाई समर्थन गर्ने शासनको संज्ञा दिँदै आणविक हतियारयुक्त इरान विश्व शान्तिका लागि गम्भीर खतरा भएको आरोप लगाए। उनले अमेरिकी जनतालाई जोगाउन आवश्यक परे थप कडा कदम चालिने स्पष्ट पारे।

यस चेतावनीसँगै मध्यपूर्व क्षेत्रमा तनाव थप बढ्ने संकेत देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले सम्भावित सैन्य द्वन्द्वबाट बच्न कूटनीतिक पहल आवश्यक रहेको बताउँदै संयमता अपनाउन आग्रह गरेका छन्। -(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *