बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मन्त्र थकालीमा भान्छा फोहोर र खानामा किरा, २ लाख ५० हजार जरिवाना

काठमाडौं — खानामा किरा भेटिएको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित उक्त रेस्टुरेन्टमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — खानामा किरा भेटिएको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। ग्रिन तारा हस्पिटालिटी प्रालिद्वारा सञ्चालित उक्त रेस्टुरेन्टमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत उजुरी परेपछि संयुक्त अनुगमन टोलीले आकस्मिक निरीक्षण गरेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रेस्टुरेन्टको भान्छा र फ्रिजको सरसफाइ अत्यन्तै अस्वस्थकर पाइएको थियो। पकाइएका खाद्य पदार्थ खुला रूपमा राखिएको तथा भान्छा र फ्रिजमा साङ्ला र भुसुनाजस्ता किटजन्य जीव फेला परेको विभागले जनाएको छ।

त्यसैगरी, ड्रेनको सरसफाइ नगरिएको, डस्टबिन खुला राखिएको र स्वास्थ्यका लागि हानिकारक मानिने पत्रिकाको कागजमा फ्राइड आलु भण्डारण गरिएको समेत अनुगमनका क्रममा भेटिएको विभागले जनाएको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। साथै, भान्छा तथा फ्रिजको सरसफाइमा सुधार गर्न, पकाइएका खाद्य पदार्थ ढाकेर राख्न, प्रभावकारी किट नियन्त्रणको व्यवस्था गर्न र खाद्य पदार्थ भण्डारणमा पत्रिकाको प्रयोग पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *