बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कांग्रेस महाधिवेशनमा सत्ता, व्यवस्था र पार्टी रूपान्तरणबारे नेताहरूको फरक–फरक धारणा

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले वर्तमान सरकारको कार्यशैली, मुलुकको राजनीतिक दिशा र पार्टीहरूको रूपान्तरणबारे आ–आफ्ना धारणा राखेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढंगले अघि…


विज्ञापनAdvertisement Banner
◷
2 min read

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले वर्तमान सरकारको कार्यशैली, मुलुकको राजनीतिक दिशा र पार्टीहरूको रूपान्तरणबारे आ–आफ्ना धारणा राखेका छन्।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप लगाएका छन्। उनले राजनीतिक नेतृत्वसँग आवश्यक छलफल नगरी सरकारले निर्णय गरिरहेको दाबी गर्दै वर्तमान प्रधानमन्त्री र सरकारले राजनीतिक दल तथा संसद्लाई समेत पन्छाएर अघि बढ्न खोजेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरे। कांग्रेसको १५औँ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले देश अँध्यारोतर्फ उन्मुख भएको उल्लेख गर्दै मुलुकलाई सही बाटोमा फर्काउनुपर्ने आवश्यकता औँल्याए।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले भने १९ दिने जनआन्दोलन र त्यसपछि स्थापित गणतन्त्रसँगै धर्म परिवर्तनको विषय जोडेर कांग्रेस सभापति गगन थापासँग प्रश्न गरेका छन्। उनले गणतन्त्र स्थापनाका क्रममा धर्मको विषय किन परिवर्तन भयो भन्ने प्रश्न उठाए।

यसैबीच, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली कांग्रेसको १५औँ महाधिवेशनपछि पार्टी नयाँ स्वरूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। आइतबार खुलामञ्चमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलको पुरानो नेतृत्व र सोचले मात्र बदलिँदो परिस्थितिमा देशको आवश्यकता पूरा गर्न नसक्ने बताए।

भट्टराईले पछिल्लो राजनीतिक परिवर्तनतर्फ संकेत गर्दै नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र कांग्रेसमा आएको नयाँ नेतृत्वलाई सकारात्मक रूपमा लिएको बताए। पछिल्लो समय राजनीतिक दलहरूमा देखिएको परिवर्तनले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *