बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नक्सा पास गरिदिने भन्दै २ लाख ८ हजार घुस, इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग…


विज्ञापनAdvertisement Banner
◷
2 min read

काठमाडौं — काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दीपा कार्कीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले घर निर्माणको स्वीकृति तथा नक्सा पासलगायतका काम गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुखसमेत रहेकी इन्जिनियर कार्कीले भवनको संरचनागत विश्लेषण (स्ट्रक्चरल एनालाइसिस) स्वीकृत गरिदिने भन्दै सेवाग्राहीलाई पटक–पटक दुःख दिई घुस मागेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

सेवाग्राहीको उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले कार्की र घुस रकम लिन मध्यस्थकर्ताको भूमिका खेलेकी आस्मा कार्कीलाई ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा इन्जिनियर कार्कीले आस्मा कार्की र आशिष पौडेलसँग मिलेमतो गरी सेवाग्राहीबाट कुल २ लाख ८ हजार रुपैयाँ घुस लिन लगाएको खुलेको अख्तियारले जनाएको छ। घर निर्माणको सिफारिस, नक्सा पास, अस्थायी इजाजत तथा निर्माण सम्पन्न प्रमाणपत्रलगायतका काममा सहजीकरण गरिदिने सर्तमा उक्त रकम असुल गरिएको थियो।

अख्तियारका अनुसार पदीय ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिने कार्यमा संलग्न इन्जिनियर र मतियारविरुद्ध मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

अख्तियारले इन्जिनियर कार्कीविरुद्ध २ लाख ८ हजार रुपैयाँ बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम बिगो बराबरको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *