
ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले सोमबारदेखि काठमाडौं–ताप्लेजुङ नियमित उडान सुरु गरेको हो।
गत जेठ २२ गतेदेखि उडान हुन नसकेको विमानस्थलमा नेपाल एयरलाइन्सको ट्विनअटर जहाजले सोमबार पहिलो नियमित उडान गरेको हो। काठमाडौंबाट १३ जना यात्रु लिएर सुकेटार पुगेको जहाजले ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्किएको छ।
लामो समयदेखि हवाई सेवा अवरुद्ध हुँदा प्रभावित बनेको आवागमन नियमित उडानसँगै सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी काठमाडौं आवतजावत गर्ने स्थानीय बासिन्दा तथा जिल्लामा आउने यात्रुका लागि उडान पुनः सुरु हुनु महत्वपूर्ण मानिएको छ।
नेपाल एयरलाइन्सले काठमाडौं–ताप्लेजुङतर्फको हवाई भाडा प्रतियात्रु १२ हजार २७० रुपैयाँ तोकेको छ। त्यस्तै, ताप्लेजुङबाट काठमाडौं जाने यात्रुका लागि भाडा १२ हजार ७० रुपैयाँ कायम गरिएको छ।


Leave a Reply