
असोज ८ गतेदेखि निरन्तर भइरहेको वर्षा तथा हावाहुरीका कारण देशका विभिन्न स्थानमा नेपाल टेलिकमको दूरसञ्चार सेवा प्रभावित भएको छ।
भारी वर्षासँगै आएको पहिरोका कारण सेवा मर्मत तथा पुनःस्थापनाका लागि खटिने प्राविधिक टोलीलाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको कम्पनीले जनाएको छ। विभिन्न स्थानमा अप्टिकल फाइबरमा क्षति पुगेका कारण पनि सेवा सञ्चालनमा समस्या देखिएको छ।
त्यसैगरी, विद्युत् आपूर्तिमा आएको अवरोधका साथै हिमपात, वर्षा र प्रतिकूल मौसमका कारण दूरसञ्चार सेवामा थप असर परेको बताइएको छ।
मौसममा सुधार आएपछि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी सेवा यथाशीघ्र सामान्य अवस्थामा ल्याउने तयारी गरिएको नेपाल टेलिकमले जनाएको छ।
सेवा अवरुद्ध हुँदा ग्राहकमा परेको असुविधाप्रति नेपाल टेलिकमले क्षमायाचना गर्दै मौसम अनुकूल हुनेबित्तिकै मर्मत तथा पुनःस्थापनाको काम अघि बढाइने जनाएको छ।


Leave a Reply