Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कनेक्ट आईपीएसको(Connect IPS)भुक्तानी रसिदमा सुधार, प्रयोगकर्ताको गोपनीयता थप सुरक्षित

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो डिजिटल भुक्तानी प्रणाली कनेक्ट आईपीएसको भुक्तानी रसिद (पेमेन्ट रिसिप्ट) मा सुधार गर्दै प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई थप सुदृढ बनाएको छ। यसअघि भुक्तानी रसिदमा प्रयोगकर्ताको नाम…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो डिजिटल भुक्तानी प्रणाली कनेक्ट आईपीएसको भुक्तानी रसिद (पेमेन्ट रिसिप्ट) मा सुधार गर्दै प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई थप सुदृढ बनाएको छ।

यसअघि भुक्तानी रसिदमा प्रयोगकर्ताको नाम तथा बैंक खातासम्बन्धी केही विवरण स्पष्ट रूपमा देखिने व्यवस्था भएकाले गोपनीयता र सुरक्षाका विषयमा प्रयोगकर्ताबाट विभिन्न चिन्ता तथा सुझाव आएका थिए।

प्रयोगकर्ताले दिएको प्रतिक्रिया र सुझावलाई ध्यानमा राख्दै एनसीएचएलले रसिदको ढाँचामा आवश्यक परिवर्तन गरेको जनाएको छ। नयाँ व्यवस्था अनुसार अब भुक्तानी रसिदमा व्यक्तिगत विवरण सुरक्षित रहने भएकाले रसिद साझा गर्दा संवेदनशील जानकारी सार्वजनिक हुने जोखिम उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ।

एनसीएचएलका अनुसार यस सुधारले प्रयोगकर्तालाई भुक्तानी रसिद सामाजिक सञ्जाल वा अन्य माध्यममार्फत साझेदारी गर्दा पहिलेभन्दा बढी सुरक्षित र विश्वस्त महसुस गर्न सहयोग पुग्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/