Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टी–२० विश्वकप २०२६, इटलीसँग १० विकेटले पराजित, नेपालको सुपर एट यात्रा संकटमा

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। लगातार दोस्रो हार व्यहोरेपछि नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले दिएको १२४…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा नेपाल इटलीसँग १० विकेटले पराजित भएको छ। लगातार दोस्रो हार व्यहोरेपछि नेपालको सुपर एट पुग्ने सम्भावना कमजोर बनेको छ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले मात्र १२।४ ओभरमा बिना विकेट क्षति पूरा गरेको हो। इटलीका एन्थोनी मोस्का र जस्टिम मोस्काले शानदार प्रदर्शन गर्दै शतकीय साझेदारी गरेपछि नेपाल खेलमा फर्किन सकेन। उनीहरूको सशक्त ब्याटिङका कारण इटलीले सहज जित दर्ता गर्‍यो।

यो हारसँगै टी–२० विश्वकप इतिहासमा नेपाल पहिलो पटक १० विकेटले पराजित भएको छ। यसअघि पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पनि पराजित भएको थियो।

उता, पहिलो खेलमा स्कटल्याण्डसँग हार व्यहोरेको इटलीले यस जितसँगै विश्वकपमा आफ्नो पहिलो सफलता हात पारेको छ। यस संस्करणमा डेब्यु गरेको एक मात्र टोली इटलीले दोस्रो खेलमै ऐतिहासिक जित निकाल्दै प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/