Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

२२ ठूला भ्रष्टाचार काण्ड छानबिन गर्न प्रधानमन्त्री बालेनलाई ज्ञानेन्द्र शाहीको आग्रह

काठमाडौं— ज्ञानेन्द्र शाहीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद शाहीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै बालेनको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— ज्ञानेन्द्र शाहीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई देशका प्रमुख २२ वटा भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद शाहीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै बालेनको नेतृत्वसँगै देशमा नयाँ आशा पलाएको बताएका छन्। उनले भ्रष्टाचारविरुद्धको लडाइँलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै दोषीहरूलाई कानुनी कठघरामा उभ्याउन आग्रह गरेका हुन्।

शाहीले विगतमा आफूले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा भोग्नुपरेका चुनौतीहरू पनि स्मरण गरेका छन्। उनले वि.सं. २०७६ साल जेठ १५ र असोज ११ गते सुर्खेत र चितवनमा आफूमाथि साङ्घातिक आक्रमण भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध बोल्दा ज्यानै जोखिममा परेको बताएका छन्।

उनले संसद् सदस्यका रूपमा करिब साढे दुई वर्षसम्म निरन्तर आवाज उठाउँदा पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो गर्दै अब नयाँ नेतृत्वबाट ठोस कदमको अपेक्षा गरेका छन्।

शाहीले छानबिनको माग गरेका काण्डहरूमा लाउडा जहाज खरिद, वाइडबडी जहाज प्रकरण, सुडान घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, ३३ किलो सुन तस्करी, सहकारी ठगी, सेक्युरिटी प्रेस खरिद, मेलम्ची आयोजना, टेरामक्स प्रकरण तथा एनसेल प्रकरणलगायत रहेका छन्।

उनले यी सबै प्रकरणहरूको निष्पक्ष र पारदर्शी छानबिन भएमा मात्र देशमा सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/