Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मनकामना दर्शनबाट फर्किने क्रममा ईभी दुर्घटना : ७ भारतीय नागरिकको मृत्यु, ८ घाइते

काठमाडौं - गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा एउटा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। गाडीमा १५ जना…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा एउटा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्।

गाडीमा १५ जना भारतीय नागरिक सवार रहेको जनाइएको छ। दुर्घटनामा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो भने बाँकी ८ जनालाई उद्धार गरिएको छ।

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि घटनास्थलमा सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरेको थियो। राति करिब ८ बजेतिर भएको दुर्घटनामा गाडी सडकबाट करिब १५० देखि २०० मिटर तल खसेको बताइएको छ।

प्रारम्भिक अनुमान अनुसार ओरालो बाटोमा गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको हुन सक्ने देखिएको छ। उक्त सडक निर्माणाधीन अवस्थामा रहेको, बाटो निकै ठाडो तथा अप्ठ्यारो रहेको र दुर्घटनाको समयमा वर्षा भइरहेकाले सडक चिप्लो भएको बताइएको छ।

रुट बाहिरको गाडी भएका कारण चालकलाई उक्त बाटोबारे पर्याप्त जानकारी नभएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/