Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सञ्चालनमा आयो १३२ केभीको बुर्तिबाङ सवस्टेसन, पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने

काठमाडौं -  १३२ केभी क्षमताको बुर्तिबाङ सवस्टेसन नियमित रूपमा सञ्चालनमा आएको छ। फागुन २ गते निर्माण सम्पन्न भई फागुन ३ र ४ गते परीक्षण सम्पन्न गरिएको सवस्टेसन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं –  १३२ केभी क्षमताको बुर्तिबाङ सवस्टेसन नियमित रूपमा सञ्चालनमा आएको छ। फागुन २ गते निर्माण सम्पन्न भई फागुन ३ र ४ गते परीक्षण सम्पन्न गरिएको सवस्टेसन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

पहाडी जिल्लालाई केन्द्रीय प्रसारण लाइनसँग जोड्ने उद्देश्यले सुरु गरिएको उक्त आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुरबाट अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको तम्घास र पौँदीअमराई हुँदै बुर्तिबाङसम्म १३२ केभी प्रसारण लाइन विस्तार गरिएको छ। सवस्टेसन बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माण गरिएको हो।

आयोजना प्रमुख मनोज चौधरीका अनुसार काम सम्पन्न हुन ढिलाइ हुनुको मुख्य कारण बागलुङको बडिगाड गाउँपालिका क्षेत्रमा स्थानीय अवरोध रहेको थियो। टावर निर्माण तथा लाइन विस्तारमा अवरोध भएपछि आयोजना करिब डेढ वर्ष रोकिएको थियो। स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेपछि काम स्थगित भएको थियो। गत वर्ष असार ९ गते सर्वोच्चले रिट खारेज गरेपछि तीव्रगतिमा काम अघि बढाइएको उनले बताए।

कपिलवस्तुको मोतिपुरदेखि बुर्तिबाङसम्म करिब ८६ किलोमिटर दूरीमा ‘डबल सर्किट’ तार विस्तार गरिएको छ। विसं २०७८ चैत १२ गते सुरु भएको आयोजना अघिल्लो वर्ष असार ७ गते सञ्चालनमा ल्याउने योजना रहे पनि विभिन्न अवरोधका कारण निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन।

रु चार अर्ब ७९ करोड लागतमा सम्पन्न उक्त सवस्टेसन सञ्चालनमा आएसँगै पहाडी जिल्लामा विद्युत आपूर्ति थप भरपर्दो र स्थिर हुने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा औद्योगिक तथा आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/