Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हेटौँडा सिमेन्ट उद्योगमा क्लिङ्कर उत्पादन पुनः सुरु

काठमाडौं - लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग ले पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ। उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्य का अनुसार गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग ले पुनः क्लिङ्कर उत्पादन सुरु गरेको छ।

उद्योगका सूचना अधिकारी वरिष्ठ अधिकृत हरेराम आचार्य का अनुसार गत भदौ २४ गतेदेखि बन्द रहेको उद्योगले अहिले उत्पादन प्रक्रिया पुनः सञ्चालनमा ल्याएको हो।

उनका अनुसार क्लिङ्कर उत्पादनसँगै प्याकिङको काम पनि अगाडि बढाइएको छ र उत्पादित सिमेन्ट चाँडै बजारमा पठाउने तयारी भइरहेको छ। “हाल हामीसँग करिब दुई सातालाई पुग्ने कच्चा पदार्थ मौज्दात छ। सोही आधारमा उत्पादन भइरहेको छ र थप कच्चा पदार्थ व्यवस्थापन गर्ने काम पनि भइरहेको छ,” आचार्यले बताए।

उद्योगको नियमित उत्पादन क्षमता दैनिक सातदेखि आठ सय क्विन्टलसम्म रहेको भए पनि हाल करिब ६ सय क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको जनाइएको छ।

वि.सं. २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले वि.सं. २०४३ सालदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। उत्पादन पुनः सुरु भएसँगै बजारमा सिमेन्ट आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/