Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एसएसएफ र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा उपचारमा विशेष सुविधा

काठमाडौँ स्थित किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष ९पिएफ० मा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ। अस्पतालका अनुसार सामाजिक…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ स्थित किस्ट शिक्षण अस्पतालले सामाजिक सुरक्षा कोष (एसएसएफ) र कर्मचारी सञ्चय कोष ९पिएफ० मा आबद्ध सेवाग्राहीका लागि उपचार सेवामा विशेष सहुलियत उपलब्ध गराउने व्यवस्था लागू गरेको जनाएको छ।

अस्पतालका अनुसार सामाजिक सुरक्षा कोषअन्तर्गत बहिरङ्ग (ओपिडी) तथा भर्ना भई उपचार (आइपिडी) गराउने सेवाग्राहीको उपचार खर्चमध्ये ८० प्रतिशत रकम कोषले व्यहोर्नेछ भने बाँकी २० प्रतिशत मात्रै सेवाग्राहीले तिर्नुपर्ने व्यवस्था रहेको छ।

यस्तै, कर्मचारी सञ्चय कोषको स्वास्थ्य योजना कार्यक्रमअन्तर्गत किस्ट शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराउने सदस्यले सामान्य रोगका लागि वार्षिक अधिकतम एक लाख रुपैयाँसम्म तथा घातक रोगको उपचारका लागि सेवा अवधिभर अधिकतम १० लाख रुपैयाँसम्म खर्च परिपूर्ति पाउने व्यवस्था रहेको अस्पतालले जानकारी दिएको छ। अस्पतालका अध्यक्ष अभिषेक थापाले आन्तरिक चिकित्सा, शल्यचिकित्सा, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग, मुटुरोग, मिर्गौला रोग, आँखा रोगलगायत विभिन्न विशेषज्ञ सेवामा उक्त सुविधा लागू हुने बताए।

अस्पतालका अनुसार सम्बन्धित कोषबाट जारी गरिएको परिचयपत्र साथमा लिएर अस्पतालको सहायता कक्षमा सम्पर्क गरेपछि सेवाग्राहीले सहज रूपमा उपलब्ध विशेष सहुलियतको लाभ लिन सक्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/