Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

टक्सार पिखुवा खोला हाइड्रोपावरलाई ४२ लाख बढी कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनका लागि अनुमति प्रदान गरेको छ। बोर्डको स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४२ लाख ३० हजार ६६८…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) सार्वजनिक निष्काशनका लागि अनुमति प्रदान गरेको छ। बोर्डको स्वीकृतिअनुसार कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ।

कम्पनीको जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। सोही पुँजीको ३५.२६ प्रतिशत बराबरको हिस्सा सर्वसाधारणका लागि खुला गर्न लागिएको हो। आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी चाँडै सर्वसाधारणमा शेयर बिक्री खुला गर्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/