Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

फागुन ११ देखि एपोलो हाइड्रोपावरको आईपीओ खुल्दै, प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्राथमिकता

एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री गर्न लागेको हो।…


विज्ञापनAdvertisement Banner
2 min read

एपोलो हाइड्रोपावर लिमिटेडले फागुन ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन आईपीओ खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि सेयर बिक्री गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत बराबरको १४ करोड १० लाख रुपैयाँ मूल्यका १४ लाख १० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नियामक निकायबाट अनुमति प्राप्त गरेको थियो। यसमध्ये ४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ७० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय बासिन्दालाई छुट्याइएको कुल सेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। यस अन्तर्गत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका वडा नं ७ र ८ का स्थानीय बासिन्दा समावेश छन्।
त्यस्तै ३० प्रतिशत अर्थात १ लाख ४१ हजार कित्ता सेयर मध्यम प्रभावित क्षेत्रका लागि छुट्याइएको छ। यस समूहमा सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं। २ तथा रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ३ का बासिन्दा पर्छन्।
बाँकी २० प्रतिशत अर्थात ९४ हजार कित्ता सेयर न्यून प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यस अन्तर्गत रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं २ र गोकुलगंगा गाउँपालिका वडा नं १ का स्थानीय बासिन्दा लाभान्वित हुनेछन्।
यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात ९ लाख ४० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरू योग्य हुनेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/