Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

होटल फरेस्ट इन लिमिटेडको आईपीओमा उल्लेख्य आकर्षण, करिब ८ गुणा बढी आवेदन

होटल फरेस्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ मा मागभन्दा धेरै आबेदन परेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३३ लाख २० हजार कित्ता शेयर बिक्रीका लागि…


विज्ञापनAdvertisement Banner
1 min read

होटल फरेस्ट इन लिमिटेडले निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ मा मागभन्दा धेरै आबेदन परेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल ३३ लाख २० हजार कित्ता शेयर बिक्रीका लागि आवेदन आह्वान गरे पनि अन्तिम दिनसम्म माग झन्डै ८ गुणा बढी पुगेको हो।
उपलब्ध विवरणअनुसार, २३ लाख ३० हजार ८६ जना आवेदकबाट २ करोड ६३ लाख ६० हजार ५ सय कित्ता शेयरका लागि आवेदन परेको छ। यसमार्फत कुल २ अर्ब ६३ करोड ६० लाख ५० हजार रुपैयाँ संकलन भएको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एसिया क्यापिटलले सम्हालेको छ। धितोपत्र बोर्डको नीति अनुसार प्रत्येक योग्य लगानीकर्तालाई न्यूनतम १० कित्ता शेयर वितरण गरिने व्यवस्था छ। सो आधारमा करिब ३ लाख ३२ हजार लगानीकर्ताले शेयर प्राप्त गर्नेछन् भने १९ लाख ९८ हजार ८६ जना आवेदकको हात खाली रहने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/