Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

होटल फोरेस्ट इनको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, लगानीकर्तामा चासो

नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा सक्रिय रहेको होटल फोरेस्ट इन लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि आईपीओ बिक्री…


विज्ञापनAdvertisement Banner
2 min read

नेपालको होटल तथा आतिथ्य क्षेत्रको विकासमा सक्रिय रहेको होटल फोरेस्ट इन लिमिटेडले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ २२ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले आफ्नो आर्थिक अवस्था थप सुदृढ बनाउँदै व्यवसाय विस्तारका लागि आवश्यक पूँजी जुटाउने उद्देश्यले आईपीओ जारी गरेको जनाएको छ। होटल फोरेस्ट इनले दीर्घकालीन व्यावसायिक रणनीतिअन्तर्गत पूँजी संरचना मजबुत बनाउने र सञ्चालन क्षमता वृद्धि गर्ने लक्ष्य राखेको छ।

कम्पनीले होटल व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको उल्लेख गर्दै आईपीओमार्फत प्राप्त हुने रकमले सेवा विस्तार, पूर्वाधार सुधार तथा मुनाफा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। यसले समग्र होटल उद्योगको विकासमा पनि सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

होटल फोरेस्ट इनका प्रमुख अधिकारीहरूका अनुसार आईपीओ निष्कासनपछि कम्पनीलाई थप लगानीकर्ता र ग्राहकहरूसम्म पहुँच विस्तार गर्न सहज हुनेछ। कम्पनी आफ्नो विशेष व्यवसायिक मोडेल र गुणस्तरीय सेवाका कारण देशभर चिनिन सफल भएको दाबी गर्छ।

हाल नेपाली पुँजी बजारमा होटल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न आईपीओहरू आउने क्रममा रहेकाले होटल फोरेस्ट इनको आईपीओले पनि लगानीकर्ताको उल्लेख्य आकर्षण पाउने विश्वास गरिएको छ।

यस आईपीओको बिक्री प्रबन्धकको रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/