spot_img
19.1 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रलगानी२०७९ को प्रतिनिधि सभा निर्वाचन: मुख्य चार दलका घोषणापत्रमा के–के मुद्दा समेटिए...

२०७९ को प्रतिनिधि सभा निर्वाचन: मुख्य चार दलका घोषणापत्रमा के–के मुद्दा समेटिए थिए ?

काठमाडौँ — २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि देशका प्रमुख चार राजनीतिक दलहरूले आफ्ना घोषणापत्रमार्फत मुलुकको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणका विभिन्न एजेण्डा अघि सारेका थिए । घोषणापत्रहरूमा मतदातालाई आश्वस्त पार्ने कार्यक्रमसँगै राज्य सञ्चालनका दीर्घकालीन नीतिगत दिशा पनि प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले घोषणापत्रमा लोकतन्त्रको सुदृढीकरण, संविधानको संरक्षण सुशासन लाई केन्द्रीय मुद्दा बनाएको छ। पार्टीले सार्वजनिक सेवामा पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, सामाजिक सुरक्षा विस्तार र समावेशी विकासलाई प्राथमिकतामा राखेको थिए ।

नेकपा (एमाले)

नेकपा (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई अघि सार्दै आर्थिक विकास, पूर्वाधार विस्तार रोजगारी सिर्जना लाई प्रमुख लक्ष्य बनाएको छ । पार्टीले डिजिटल सेवा विस्तार, सामाजिक सुरक्षा सुदृढीकरण, स्थानीय विकास र प्रशासनिक सुधारलाई घोषणापत्रका मुख्य बुँदा बनाएको थियो । सुशासन र भ्रष्टाचार नियन्त्रणलाई पनि विशेष जोड दिइएको थियो ।

नेकपा (माओवादी केन्द्र)

नेकपा (माओवादी केन्द्र) ले सामाजिक न्याय, समानतामूलक विकास संरचनात्मक परिवर्तन लाई घोषणापत्रको आधार बनाएको थियो । कृषि, ऊर्जा, उद्योग र रोजगारीलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने नीति अघि सारिएको छ । साथै, ग्रामीण क्षेत्रको सशक्तीकरण र सीमान्तकृत समुदायको पहुँच बढाउने कार्यक्रमहरू समावेश थियो ।

राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वातन्त्र पार्टीले सुशासन, प्रणालीगत सुधार युवामैत्री नीति लाई घोषणापत्रको केन्द्रमा राखेको छ  । पार्टीले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, रोजगारीको अवसर विस्तार, ऊर्जा उत्पादन वृद्धि र सरकारी खर्चमा मितव्ययिताको प्रतिबद्धता जनाएको थियो ।

चारै दलका घोषणापत्रमा सुशासन, आर्थिक समृद्धि, रोजगारी, सामाजिक सुरक्षा भ्रष्टाचार नियन्त्रण जस्ता साझा मुद्दा देखिए को थियो । २०८२ को निर्वाचन नजिकै आइसक्दा समेत राजनीतिक दलहरुको घोषणा पत्र सार्वजनिक नहुदा निकै चासो बढिरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here