spot_img
23.6 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रआर्थिक सर्वेक्षणराष्ट्रिय आर्थिक गणनामा हालसम्म करिब १३ लाख व्यवसाय सहभागी

राष्ट्रिय आर्थिक गणनामा हालसम्म करिब १३ लाख व्यवसाय सहभागी

राष्ट्रिय आर्थिक गणना, २०८२ अहिले आफ्नो अन्तिम चरणमा पुगेको छ । तथ्याङ्क सङ्कलनका क्रममा यही असार ३ गतेसम्म देशभरका १२ लाख ९८ हजार व्यावसायिक प्रतिष्ठानहरू यस गणनामा सहभागी भइसकेका छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले दिएको जानकारी अनुसार, गत वैशाख २ गते सुरु भएको यो राष्ट्रिय गणना अभियान आगामी असार ७ गतेसम्म सञ्चालन हुनेछ । हालसम्म निकै उत्साहजनक रूपमा अघि बढिरहेको यस अभियानको समय सीमा अब केवल तीन दिन मात्र बाँकी रहेकाले कार्यालयले अहिलेसम्म छुट्न गएका सम्पूर्ण प्रतिष्ठानहरूलाई तत्काल सहभागी हुन आग्रह गरेको छ ।

यस अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मुलुकभर तीन हजार ९०६ जना गणकहरू परिचालित छन् । प्रवक्ता लामिछानेले गणकहरू कार्यक्षेत्रमा आउँदा आफ्ना व्यवसायसँग सम्बन्धित आवश्यक र सही विवरण उपलब्ध गराएर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । ‘कोही पनि प्रतिष्ठान वा व्यवसाय गणनामा सहभागी हुन नछुटौँ, यो महाअभियानलाई सफल पारौँ’ भन्ने मूल नाराका साथ कार्यालयले यस विशेष अभियानलाई तीव्रता दिइरहेको छ ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here