भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ। उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक प्रयोजनमा प्रयोग गर्ने लक्ष्यसहित उक्त प्रक्रिया अघि बढाइएको मन्त्रालयअन्तर्गतको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ (तेस्रो संशोधन, २०८२) मा भएको कानुनी व्यवस्थाका आधारमा स्थानीय तहमार्फत प्रयोगमा नरहेका निजी जग्गालाई पुनः उपयोगमा ल्याउने व्यवस्था गरिएको उल्लेख गरिएको छ। देशमा रहेका बाँझो खेतियोग्य जमिन प्रयोगमा आउनुका साथै बेरोजगार समस्या न्युनिकरण हुने विश्वास लिइएको छ ।




