Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा फर्स्यौट हुने कानुनी व्यवस्था गर्न सांसद आचार्यको माग

काठमाडौं — प्रतिनिधि सभा सदस्य लिमा अधिकारी आचार्य ले कृषकहरूले समयमै आफ्नो उत्पादनको मूल्य नपाउने समस्या अन्त्य गर्न सरकारसँग कानुनी व्यवस्था गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानहरूको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — प्रतिनिधि सभा सदस्य लिमा अधिकारी आचार्य ले कृषकहरूले समयमै आफ्नो उत्पादनको मूल्य नपाउने समस्या अन्त्य गर्न सरकारसँग कानुनी व्यवस्था गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले किसानहरूको भुक्तानी १५ दिनभित्र अनिवार्य रूपमा फर्स्यौट हुने व्यवस्था गर्नुपर्ने बताइन्।

उनले उखु किसान, दूध किसानलगायत विभिन्न कृषकहरूले वर्षौँसम्म पनि आफ्नो उत्पादनको रकम नपाएको अवस्था रहेको उल्लेख गर्दै यसले किसानहरूलाई गम्भीर आर्थिक संकटमा पारेको बताइन्। मकवानपुरका दूध किसानको मात्रै १४ करोड रुपैयाँभन्दा बढी भुक्तानी अझै बाँकी रहेको उल्लेख गर्दै उनले यस्तो समस्या देशभरका किसानहरूको साझा पीडा बनेको धारणा राखिन्।

सांसद आचार्यका अनुसार देशका विभिन्न क्षेत्रमा उखु, धानलगायत कृषिजन्य उत्पादनको भुक्तानी रोकिँदा किसानहरू दैनिक जीवन सञ्चालनमै कठिनाइ भोग्न बाध्य छन्। पशुका लागि दाना खरिद गर्नदेखि सन्तानको विद्यालय शुल्क तिर्नसमेत समस्या भइरहेको उनले बताइन्।

उनले किसानको मेहनत र पसिनाको उचित मूल्य सुनिश्चित नगरी देशमा समृद्धि सम्भव नभएको उल्लेख गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि ल्याउन सकिँदैन। मुलुकलाई खाद्यान्न मात्रै होइन, खाद्य आत्मनिर्भरता चाहिएको छ।”

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/