बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तोकिएकोभन्दा बढी भाडा लिए कारबाही गर्ने महासंघको चेतावनी

काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा चालकहरूलाई आग्रह गरेको छ। तोकिएको भाडाभन्दा बढी रकम असुल्ने सवारीसाधनमाथि कारबाही गरिने महासंघले जनाएको…


विज्ञापनAdvertisement Banner
◷
3 min read

काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँको समयमा सरकारले तोकेकोभन्दा बढी सवारी भाडा नलिन यातायात व्यवसायी तथा चालकहरूलाई आग्रह गरेको छ। तोकिएको भाडाभन्दा बढी रकम असुल्ने सवारीसाधनमाथि कारबाही गरिने महासंघले जनाएको छ।

महासंघका महासचिव डेकनाथ गौतमले दसैँका यात्रुबाट सरकारले निर्धारण गरेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने बताएका छन्।

सरकारले दसैँलाई लक्षित गर्दै असोज २३ गतेदेखि देशभर यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यात्रु तथा मालवाहक यातायातलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, मजदुर संघ–संगठन, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच समन्वय गरिएको हो।

महासंघले सातै प्रदेश, जिल्ला समिति, सदस्य संघ–संस्था तथा काठमाडौंको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख र कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ। अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराउनुपर्ने महासंघले जनाएको छ।

दसैँको यात्रु चापलाई व्यवस्थापन गर्न असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने आवतजावतमा रोक नलगाइने जनाइएको छ।

त्यस्तै, घटस्थापनादेखि कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि देशभर लामो तथा मध्यम दूरीका रुट परमिट खुला गरिएको छ। सडकको विशेष प्रकृतिका कारण निश्चित आकार तथा प्रकारका सार्वजनिक सवारीसाधनमाथि लगाइएको प्रतिबन्ध भने यथावत् रहनेछ।

काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले फोकल पर्सनसहितको टोली परिचालन गर्ने भएको छ। महासंघले गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला र चाबहिल क्षेत्रमा आफ्ना प्रतिनिधि खटाउने जनाएको छ।

यसैगरी, दसैँका यात्रुलाई सुरक्षित यातायात सेवा उपलब्ध गराउन यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ। यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाएर गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *