
काठमाडौं — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरसहित युरो, पाउन्ड स्टर्लिङ र स्वीस फ्र्यांकको भाउ घटेको छ । अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने बढेको छ ।
लगातार चार दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार सामान्य घटेको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३८ पैसा कायम भएको छ । अघिल्ला चार दिन अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा थियो ।
त्यस्तै, युरो एकको खरिददर १७२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ । अघिल्लो दिन युरोको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा थियो ।
पाउन्ड स्टर्लिङको भाउ पनि घटेको छ । मंगलबार पाउन्ड एकको खरिददर २०३ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०४ रुपैयाँ ११ पैसा रहेको छ । अघिल्लो दिन यसको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा थियो ।
स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ५० पैसा र बिक्रीदर १८६ रुपैयाँ २२ पैसा कायम भएको छ । अघिल्लो दिन खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा थियो ।
अष्ट्रेलियन र क्यानेडियन डलर बढे
अन्य प्रमुख मुद्रामध्ये अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने बढेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४५ पैसा पुगेको छ । अघिल्लो दिन यसको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा थियो ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३७ पैसा कायम भएको छ । अघिल्लो दिन क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा थियो ।
सिङ्गापुर डलरको भाउ भने सामान्य घटेको छ । मंगलबार सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ५९ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा थियो ।




Leave a Reply