
गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत जाने भएका छन्।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते भारततर्फ प्रस्थान गर्ने तयारीमा छन्। बिमस्टेक सदस्य राष्ट्रहरूबीच हुने उक्त बैठकमा विभिन्न सात देशका गृहमन्त्री सहभागी हुनेछन्।
बैठकमा क्षेत्रीय सहकार्य तथा साझा विषयमा छलफल हुने अपेक्षा गरिएको छ। गृहमन्त्री गुरुङले नेपालका तर्फबाट बैठकमा सहभागिता जनाउनेछन्।






Leave a Reply