बुधबार, ११ कार्तिक २०८३ · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

मन्त्रिपरिषद्का पाँच निर्णय :नर्वे अनुदानदेखि सचिव बढुवासम्म

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले स्वच्छ ऊर्जा प्रवर्द्धन, इन्जिनियरिङ सेवा, विकास वित्त, आन्दोलनसम्बन्धी मुद्दा तथा कर्मचारी बढुवासँग सम्बन्धित विषयमा निर्णय गरेको हो। बैठकका प्रमुख निर्णयहरू यस्ता छन्…


विज्ञापनAdvertisement Banner
◷
2 min read

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले स्वच्छ ऊर्जा प्रवर्द्धन, इन्जिनियरिङ सेवा, विकास वित्त, आन्दोलनसम्बन्धी मुद्दा तथा कर्मचारी बढुवासँग सम्बन्धित विषयमा निर्णय गरेको हो।

बैठकका प्रमुख निर्णयहरू यस्ता छन् :

नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्तिसम्बन्धी दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गरिएको छ।

वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ लाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

नगरपालिकामा स्वच्छ ऊर्जाको रूपान्तरणलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालनका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय गरिएको छ।

सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले बुझाएको प्रतिवेदन आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *