
काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य बढेको छ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा तोकिएको छ। बुधबार डलरको खरिददर १५३ रुपैयाँ २८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा थियो।
यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५६ पैसा पुगेको छ। बुधबार युरोको खरिददर १७३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४४ पैसा थियो।
बेलायती पाउन्ड स्टर्लिङको मूल्य पनि बढेको छ। बिहीबार पाउन्ड एकको खरिददर २०३ रुपैयाँ २८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ७ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर २०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ५० पैसा थियो।
स्वीस फ्र्यांक भने सामान्य घटेको छ। बिहीबार एक स्वीस फ्र्यांकको खरिददर १८३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८४ रुपैयाँ ३५ पैसा तोकिएको छ।
यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९३ पैसा, सिङ्गापुर डलर ११९ रुपैयाँ ८८ पैसा र चिनियाँ युआन २२ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।
साउदी रियालको खरिददर ४० रुपैयाँ ७६ पैसा, कतारी रियाल ४१ रुपैयाँ ९९ पैसा, युएई दिराम ४१ रुपैयाँ ६७ पैसा र मलेसियन रिङ्गेट ३७ रुपैयाँ ५३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने दक्षिण कोरियाली वन १०० को खरिददर ११ रुपैयाँ ३० पैसा र बिक्रीदर ११ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुनसक्ने राष्ट्र बैंकले जनाएको छ।




Leave a Reply