काठमाडौँ – राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार भक्तपुरबाट प्रहरीले पक्राउ गरेको छ।
उनलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखिएको छ। प्रसाईंलाई यसअघि माघ २३ र माघ ५ मा पनि पक्राउ गरी बयान लिएर छाडिएको थियो।
प्रहरीले उनको निर्वाचन विथोल्ने अभियान सुरु गर्ने योजना रहेको आशंकामा पुनः पक्राउ गरेको जनाएको छ।




