
काठमाडौं-सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो उत्पादन ‘डीडीसी घिउ’ मध्यपूर्वका बजारमा निर्यात गर्न थालेको छ ।
डीडीसीका अनुसार पहिलो चरणमा नेपाल एयरलाइन्समार्फत ५ सय किलो घिउ दुबई पठाइएको हो । संस्थानले मध्यपूर्वका बजारमा वार्षिक ५० हजार किलो घिउ निर्यात गर्ने सम्झौता समेत गरेको जनाएको छ ।
विदेशी बजारमा नेपाली दुग्धजन्य उत्पादनको पहुँच विस्तार गर्ने उद्देश्यले निर्यात सुरु गरिएको डीडीसीले जनाएको छ । बजार विस्तारसँगै आगामी दिनमा निर्यातको परिमाण बढाउने तयारीसमेत संस्थानको छ ।
डीडीसीले दुबईपछि जापान, दक्षिण कोरिया र चीनको तिब्बत क्षेत्रमा समेत घिउ निर्यात गर्ने तयारी गरिरहेको जनाएको छ ।
घिउ निर्यात विस्तार भएमा स्वदेशी दुग्ध उत्पादनको बजार फराकिलो हुनुका साथै नेपाली दुग्धजन्य वस्तुले अन्तर्राष्ट्रिय बजारमा थप पहिचान बनाउने अपेक्षा गरिएको छ ।






Leave a Reply