
काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६० हजार ७१५ रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा १६० रुपैयाँले घटेर प्रतितोला चार हजार ५९५ रुपैयाँमा किनबेच भइरहेको हो ।



Leave a Reply