काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ।
जुन हिजो आइतबार ३लाख ५ हजार ८०० रुपैयाँ थियो। यसरी प्रतितोला ३,००० रुपैयाँले मूल्य घटेको छ।
विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको उतार-चढाव र स्थानीय माग–आपूर्तिको असरले मूल्यमा यो घटबढ भएको बताएका छन्।




