काठमाडौं – नेपाल र वेस्ट इन्डिज बीचको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको हो।
टी-२० विश्वकप अन्तर्गत नेपालले दुई खेल खेलिसकेको छ। यी दुवै खेलमा नेपालले हार बेहोरेको थियो। त्यसैले आज नेपाललाई सुपर ८ मा पुग्नका लागि यो खेल जित्नपर्ने नै दबाब छ।
आजको खेलको नेपाली टिममा ११ मा परिवर्तन गरिएको छ। जसमा सोमपाल कामी छन् भने ललित राजबंशी हटाइएको छ ।




