Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कोशी प्रदेशमा धान रोपाइँ करिब ७४ प्रतिशत सम्पन्न

देशकै सबै भन्दा बढि धान उत्पादन हुने झापा जिल्ला रहेको कोशी प्रदेशमा साउन ४ गतेसम्म धान रोपाइँको प्रगति ७३ दशमलव ९४ प्रतिशत पुगेको छ। प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार…


विज्ञापनAdvertisement Banner
1 min read

देशकै सबै भन्दा बढि धान उत्पादन हुने झापा जिल्ला रहेको कोशी प्रदेशमा साउन ४ गतेसम्म धान रोपाइँको प्रगति ७३ दशमलव ९४ प्रतिशत पुगेको छ।

प्रदेशको कृषि, उद्योग तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत अभिमन्यू अधिकारीका अनुसार १४ जिल्लामध्ये उच्च पहाडी क्षेत्रका ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बूमा धान खेती हुने १५ हजार ३८३ हेक्टर क्षेत्रफलमध्ये नौ हजार २४१ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

त्यसैगरी मध्य पहाडी क्षेत्रका पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ जिल्लामा रहेको ६७ हजार ७१७ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ४८ हजार ७६६ हेक्टरमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

तराई क्षेत्रका झापा, मोरङ र सुनसरी जिल्लामा एक लाख ९३ हजार २८५ हेक्टर धान खेती हुने क्षेत्रमध्ये एक लाख ४६ हजार ३४२ हेक्टरमा रोपाइँ सकिएको कृषि प्रसार अधिकृत अधिकारीले जानकारी दिनुभयो।

तथ्याङ्कअनुसार कोशी प्रदेशमा कुल आठ लाख २६ हजार ६४६ हेक्टर जमिन कृषियोग्य रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/