Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अर्गानिक कृषि प्रवर्द्धनमा सरकारको जोड, प्रमाणीकरण एजेन्सी स्थापनाको प्रक्रिया अघि बढाउने

 काठमाडौं । सरकारले अर्ग्यानिक कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्गानिक  एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीले  अर्गानिक कृषि उत्पादनको विकासका लागि सरकार…


विज्ञापनAdvertisement Banner
2 min read

 काठमाडौं । सरकारले अर्ग्यानिक कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्गानिक  एसोसियसन नेपालका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्रीले  अर्गानिक कृषि उत्पादनको विकासका लागि सरकार सकारात्मक रहेको बताउनुभयो।
छलफलका क्रममा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय स्तरको अर्ग्यानिक उत्पादन प्रमाणीकरण विदेशबाट गराउँदा अत्यधिक खर्च हुने भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। त्यसको प्रत्युत्तरमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ।
त्यसैगरी, रासायनिक मल र विषादीको प्रयोगलाई क्रमशः नियन्त्रण गर्दै अर्ग्यानिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको प्रधानमन्त्रीले दोहोर्याउनुभयो।
यसका साथै, प्रांगारिक मल उत्पादनमा संलग्न निजी उद्योग तथा सहकारी संस्थालाई अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन पनि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/