Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

दीपक भट्ट र सुलभ अग्रवाललाई बीमा सम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश

काठमाडौं - जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ। न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – जिल्ला अदालत काठमाडौँले धितोपत्र तथा बीमा सम्बन्धी कसुरमा दीपक भट्ट र व्यापारी सुलभ अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको छ।

न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिहीबार र थुनछेक आदेश जारी गर्दै बीमा सम्बन्धी कसुरमा अग्रवालसँग दुई करोड तथा अग्रवालसँग डेढ करोड धरौटी माग गरेको हो । त्यस्तै, धितोपत्रको कसुरमा अग्रवाललाई डेढ करोड तथा भट्टसँग एक करोड धरौटी माग भएको छ ।

जिल्ला अदालत, काठमाडौँले एक साता लामो निरन्तर सुनुवाइपछि बिहीबार थुनछेक आदेश जारी गरेको हो ।

यद्यपि धरौटी आदेश भए पनि भट्ट र अग्रवाल तत्काल रिहा हुने अवस्था भने छैन। उनीहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा यसअघि विशेष अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/