spot_img
25 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकृषिगोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

गोरखामा ५८ प्रतिशत रोपाइँ सकियो

काठमाडौं – समयमै मनसुन सक्रिय भएपछि गोरखामा धान रोपाइँले गति लिएको छ । कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लामा ५८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यस वर्ष जिल्लाभर १० हजार ५०० हेक्टरमा बर्खे धान रोप्ने लक्ष्य छ ।

कृषि विकास कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार गत वर्ष असार मसान्तसम्म ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । मौसम अनुकूल रहे केही दिनभित्रै जिल्लाभरको रोपाइँ सकिने उहाँको भनाइ छ । कार्यालयले यस वर्ष जिल्लामा ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरेको छ । समयमा वर्षा भएकाले धान उत्पादन पनि बढ्नसक्ने कृषि प्राविधिकको अनुमान छ ।

जिल्लाको दरौँदी, सिर्दिफाँट, शेराफाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट र बोर्लाङफाँट मुख्य धान उत्पादन हुने क्षेत्र हुन् । उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा भने धानखेती हुँदैन ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here