काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज छापावाल सुन प्रतितोला तीन लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको हो। बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार पाँच सय रुपैयाँ र चाँदी पाँच हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि बुधबार सुन तीन लाख छ हजार छ सय रुपैयाँ र चाँदी पाँच हजार दुई सय ९० रुपैयाँमा कायम भएको थियो। मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार पाँच सय रुपैयाँ र चाँदी पाँच हजार दुई सय ४० रुपैयाँमा खरिदबिक्री भएको थियो भने सोमबार सुन तीन लाख चार हजार छ सय रुपैयाँ र चाँदी पाँच हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा समेत बहुमूल्य धातुको मूल्य घट्दो क्रममा रहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ६५ अमेरिकी डलर र चाँदी ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।




