spot_img
27.2 C
Kathmandu
spot_img
Homeअर्थतन्त्रकृषिड्रयागन र खरबुजा खेतीबाट बागलुङका गौतम दम्पतीको मनग्ये आम्दानी

ड्रयागन र खरबुजा खेतीबाट बागलुङका गौतम दम्पतीको मनग्ये आम्दानी

मकवानपुरको बकैया गाउँपालिका–७ हात्तीखोलामा व्यावसायिक कृषिमा लागेका बागलुङका एक दम्पतीले खरबुजा बिक्रीबाट उत्साहजनक आम्दानी गर्न सफल भएका छन्। बागलुङको काठेखोला गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्दै आएका चुडामणि गौतम र राधिकाकुमारी गौतमले भाडाको जग्गामा गरेको खेतीबाट राम्रो प्रतिफल निकाल्नु भएको छ।

खरबुजाबाट ११ लाख बढीको कारोबार

गौतम दम्पतीले आफ्नो कृषि फार्मबाट उत्पादन भएको करिब २९ टन खरबुजा चितवनको नारायणगढ र मकवानपुरको हेटौँडा बजारमा सफलतापूर्वक बिक्री गरिसकेका छन्। बजारमा प्रतिकिलो रु ३० सम्ममा बिक्री भएको उक्त खरबुजाबाट हालसम्म रु ११ लाख ३८ हजार आम्दानी भएको उद्यमी चुडामणि गौतमले जानकारी दिनुभयो। बारीमा अझै खरबुजा उत्पादन भइरहेकाले स्थानीय उपभोक्ताहरू खरिदका लागि सिधै फार्ममै पुग्ने गरेका छन्।

यसरी गरियो मिश्रित खेती

वार्षिक प्रतिकट्ठा रु चार हजार बुझाउने गरी भाडामा लिइएको उक्त जग्गामा १० महिनापहिले मुख्य बालीका रूपमा १२ हजार रैथाने तथा उन्नत जातका ड्रयागनका बिरुवा रोपिएको थियो। ड्रयागनका बिरुवा हुर्कँदै गर्दा बीचको खाली ठाउँ सदुपयोग गर्न केही महिनाअघि चार हजार खरबुजाका बिरुवा लगाइएको थियो। खरबुजा खेतीको बीउ, मलखाद र सिँचाइका लागि सुरुमा रु तीन लाख ४० हजार लगानी भएको कृषक गौतमले बताउनु भयो ।

ड्रयागनबाट दीर्घकालीन आम्दानीको आस

छोटो समयमै खरबुजाबाट लागत उठेर नाफा भइसकेको अवस्थामा अब मुख्य बाली ड्रयागनको उत्पादन सुरु हुने तयारीमा छ। वित्तीय संस्था र विभिन्न लगानीकर्ताहरूबाट ऋण लिएर सुरु गरिएको ड्रयागन खेती अबको दुई महिनाभित्रै बजारमा आउने र यसले लगातार २० देखि २२ वर्षसम्म उत्पादन दिइरहने गौतम बताउनु हुन्छ।

स्थानीयलाई रोजगारीको अवसर
यो व्यावसायिक कृषि फार्मले उत्पादनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना समेत गरेको छ। फार्मका संस्थापक राधिकाकुमारी गौतमका अनुसार हाल यस बागवानी फार्ममा दुई महिलासहित कुल ११ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाइरहेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here