Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

समूह ‘सी’ मा आज नेपाल–इटली भिड्दै, १३ वर्षपछि विश्वकप जितको खोजीमा नेपाल

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो ३:१५ बजे भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ। नेपाल र इटलीबीच १३ वर्षपछि अन्तर्राष्ट्रिय…


विज्ञापनAdvertisement Banner
1 min read

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज एसोसियट राष्ट्र इटलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो ३:१५ बजे भारतको मुम्बईस्थित वाङ्खेडे स्टेडियममा सुरु हुनेछ।

नेपाल र इटलीबीच १३ वर्षपछि अन्तर्राष्ट्रिय स्तरमा भेट हुन लागेको हो। यसअघि सन् २०१३ मा आईसीसी डिभिजन ३ प्रतियोगितामा दुवै टोली आमनेसामने भएका थिए, जुन ५० ओभरको फर्म्याटमा भएको खेल थियो। तर आजको खेल यी दुई टोलीबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय भिडन्त हुनेछ।

लामो अन्तरालपछि इटलीसँग खेल्न लागेको नेपाल विश्वकपमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिँदैछ। नेपालले सन् २०१४ मा अफगानिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेपछि विश्वकपमा पुनः विजय हासिल गर्न सकेको छैन।

समूह ‘सी’ को अंकतालिकातर्फ हेर्दा वेस्ट इन्डिजले हालसम्मका दुवै खेल जित्दै ४ अंक जोडेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले दुई खेलबाट समान २–२ अंक बटुलेका छन्। यस्तो अवस्थामा नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/