spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारविश्वपूर्वी प्रशान्तमा अमेरिकी सेनाको डुङ्गा आक्रमण : दुई जनाको मृत्यु

पूर्वी प्रशान्तमा अमेरिकी सेनाको डुङ्गा आक्रमण : दुई जनाको मृत्यु

काठमाडौं— अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीको आशंकामा गरिएको पछिल्लो डुङ्गा आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार उक्त कारबाही शुक्रबार सम्पन्न भएको हो।

अमेरिकी दक्षिणी कमान्ड (साउथकम) ले जारी गरेको जानकारीअनुसार आक्रमणमा एक व्यक्ति जीवित भेटिएको छ भने खोज तथा उद्धारका लागि अमेरिकी तटरक्षकलाई परिचालन गरिएको छ। साउथकमका अनुसार लक्षित डुङ्गा “आतंकवादी संगठनसँग सम्बन्धित” रहेको दाबी गरिएको छ र उक्त जहाज परिचित नार्को–तस्करी मार्ग हुँदै सञ्चालन भइरहेको गुप्तचर सूचनाले पुष्टि गरेको बताइएको छ।

सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको भिडियोमा समुद्रमा तीव्र गतिमा अघि बढिरहेको एउटा सानो डुङ्गा केही क्षणपछि ठूलो विस्फोटमा परेको देखिन्छ। अमेरिकी सेनाले यो कारबाहीलाई लागुऔषध तस्करी विरुद्धको अभियानअन्तर्गत गरिएको जनाएको छ।

ट्रम्प प्रशासनले गत सेप्टेम्बरदेखि समुद्री मार्ग हुँदै हुने लागुऔषध तस्करी नियन्त्रण गर्न आक्रामक रणनीति अपनाएको छ। “साउदर्न स्पियर” नाम दिइएको यस अभियानअन्तर्गत ल्याटिन अमेरिकी क्षेत्रमा सक्रिय नार्को–आतंकवादी समूहहरूलाई लक्षित गरिएको अमेरिकी पक्षको दाबी छ।

यद्यपि, अमेरिकी प्रशासनले निशाना बनाइएको डुङ्गा प्रत्यक्ष रूपमा लागुऔषध तस्करीमा संलग्न रहेको ठोस प्रमाण सार्वजनिक गरेको छैन। कानुनी विज्ञ तथा मानवअधिकार समूहहरूले यस्ता आक्रमणलाई गैरन्यायिक कारबाहीको संज्ञा दिएका छन्। उनीहरूले तत्काल अमेरिकी सुरक्षामा खतरा नपु¥याएका नागरिकमाथि घातक शक्ति प्रयोग गरिएको आरोप लगाएका छन्।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो एक महिनामा मात्रै यस्ता कम्तीमा १० वटा आक्रमण भइसकेका छन्। अमेरिकी सेनाले अभियान कहिलेसम्म सञ्चालन हुने भन्नेबारे भने स्पष्ट जानकारी दिएको छैन।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here