Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

महासंघको एसोसिएटतर्फ १७ सदस्य चयन, सचिन ढकाल सर्वाधिक मतसहित विजयी

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को एसोसिएटतर्फ १७ सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार सचिन ढकाल सर्वाधिक १,३३८ मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को एसोसिएटतर्फ १७ सदस्य पदका लागि सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ। सार्वजनिक परिणामअनुसार सचिन ढकाल सर्वाधिक १,३३८ मत प्राप्त गर्दै शीर्ष स्थानमा विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी हेमन्त गोल्छाले १,२०२ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन् भने अभिषेक प्रसाद पौडेलले १,१६३ मत प्राप्त गरेका छन्।

यसैगरी, उज्ज्वल कुमार श्रेष्ठले १,१६६, शक्ति कुमार वेगानीले १,१४२ र नरेश अग्रवालले १,११२ मत ल्याएका छन्। सुशील थापाले १,०९४ मत प्राप्त गर्दा राजेश कुमार अग्रवाल १,०८२ मतसहित विजयी बने।

अन्य विजयी उम्मेदवारहरूमा सुकस प्याकुरेल (१,०६९), रामशरण भण्डारी (१,०४३), बाबु काजी कार्की (१,००६), दिवश न्यौपाने (९११), कृष्ण लाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), इश्वर बहादुर जिसी (९४९), सुरज उप्रेती (९०७) र बटु लामिछाने (८६०) रहेका छन्।

निजी क्षेत्रका विभिन्न व्यवसायीहरूको प्रतिस्पर्धा रहेको यस निर्वाचनबाट विजयी सदस्यहरूले आगामी कार्यकालमा महासंघभित्र एसोसिएट क्षेत्रको प्रतिनिधित्व गर्नेछन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/