Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार आज अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार आज अमेरिकी डलरको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ भने क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ १५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दरमा केही फरक पर्न सक्ने जनाउँदै अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/