spot_img
19.1 C
Kathmandu
spot_img
Homeउद्योगजेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा

जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणले सहिद परिवारबाट प्राप्त निवेदनका आधारमा २७ जना सदस्यलाई शैक्षिक योग्यता अनुसार करार सेवामा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्राधिकरणका अनुसार नियुक्त हुने व्यक्तिहरूलाई उनीहरूको योग्यता र आवश्यकता अनुसार देशभरका विभिन्न कार्यालयहरूमा बढीमा तीन तहसम्मको पदमा करारमा राखिने व्यवस्था गरिएको छ।

यसअघि गत पुस २२ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो। सो प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा रहेका बेला कुलमान घिसिङले पारित गराएका थिए।

प्राधिकरणद्वारा जारी सूचनामा भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ अनुसार प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ। साथै, निवेदन दिएका व्यक्तिहरू बाहेक अन्य कसैले सो सुविधामा दाबी गर्नुपर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित प्राधिकरणको केन्द्रीय कार्यालय, काठमाडौँमा सम्पर्क राख्न अनुरोध गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here