काठमाडौं – राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १४७ रुपैयाँ ४३ पैसा र बिक्री दर १४८ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।
आज सार्वजनिक गरिएको विनिमय दरअनुसार युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ४१ पैसा र बिक्री दर १७१ रुपैयाँ ११ पैसा तोकिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९६ रुपैयाँ ७५ पैसा र बिक्री दर १९७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
यसैगरी अष्ट्रेलियन डलरको खरिद दर १०३ रुपैयाँ ४२ पैसा र बिक्री दर १०३ रुपैयाँ ८४ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ९२ पैसा र बिक्री दर १०९ रुपैयाँ ३६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
त्यसैगरी सिंगापुर डलरको खरिद दर ११५ रुपैयाँ १५ पैसा र बिक्री दर ११५ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। युएई दिरामको खरिद दर ४० रुपैयाँ १४ पैसा र बिक्री दर ४० रुपैयाँ ३० पैसा तोकिएको छ भने साउदी रियालको खरिद दर ३९ रुपैयाँ २७ पैसा र बिक्री दर ३९ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।
त्यस्तै भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले आवश्यकता अनुसार विदेशी मुद्राको विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत उपलब्ध हुने जनाइएको छ।




