Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ २० पैसा र बिक्रीदर १७० रुपैयाँ ९० पैसा कायम गरिएको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४१ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। यस्तै, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ ३३ पैसा रहेको छ।

मध्यपूर्वतर्फ साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०८ पैसा र बिक्रीदर ४० रुपैयाँ २४ पैसा तथा यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/