Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दर अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

त्यस्तै, १० जापानी येनको खरीददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा तोकिएको छ। एक साउदी अरेबियन रियालको खरीददर ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा रहेको छ भने एक कतारी रियालको खरीददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ।

यसैगरी, एक युएई दिरामको खरीददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। मलेसियन रिंगिटको खरीददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा तोकिएको छ। त्यस्तै, १०० दक्षिण कोरियन वोनको खरीददर ९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार यी विनिमयदर समय–समयमा परिमार्जन गर्न सकिने पनि जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/