Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौं - नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।

आज निर्धारण गरिएका दरअनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९१ पैसा रहेको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा र बिक्रीदर १९६ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको बैंकले जनाएको छ।

केन्द्रीय बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि विनिमय दर संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध रहनेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/