Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तोलामा ५ हजार ६ सयले बढ्यो सुनको भाउ

काठमाडौं — नेपाली बजारमा आइतबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख २० हजार ५…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं — नेपाली बजारमा आइतबार सुनको भाउ उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ मा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र मध्यपूर्वमा बढ्दो तनावका कारण सुनको मूल्यमा चाप परेको व्यवसायीहरूको भनाइ छ। यही कारण सोमबार पनि मूल्य थप बढ्न सक्ने अनुमान गरिएको छ।

यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दु ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो।

चाँदीको भाउ पनि बढ्यो

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन ५ हजार ७४० रुपैयाँ मा कारोबार भएको चाँदी आज २४५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ९८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

लगातार मूल्यवृद्धिका कारण सुनचाँदी बजारमा कारोबार केही प्रभावित हुन सक्ने व्यवसायीहरूको आकलन छ। अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव कायमै रहे आगामी दिनमा बहुमूल्य धातुको मूल्यमा थप उतारचढाव आउन सक्ने देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/