Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

इरानमा भीषण हवाई आक्रमण : विद्यालयमा मिसाइल खस्दा १०८ सहित २०१ जनाको मृत्यु

काठमाडौं - अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। घाइते हुनेको संख्या ७४७ पुगेको जनाइएको छ। दक्षिणी इरानको होर्मोजगान…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको इरानी अधिकारीहरूले बताएका छन्। घाइते हुनेको संख्या ७४७ पुगेको जनाइएको छ।

दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक विद्यालयमा तीनवटा मिसाइल खस्दा १०८ जनाको ज्यान गएको स्थानीय अधिकारीले जानकारी दिएका छन्। उक्त विद्यालय इस्लामिक रिभोल्युशनरी गार्ड कोर (आईआरजीसी) को क्याम्पबाट करिब ६०० मिटर दूरीमा रहेको बताइएको छ। सो क्याम्प अमेरिका र इजरायलको निशानामा परेको थियो।

इरानका राष्ट्रपति मसउद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई ‘जंगली कार्य’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले यस घटनालाई ‘आक्रमणकारीहरूको अपराधको इतिहासमा अर्को कालो पाना’ को संज्ञा दिएका छन्।

यद्यपि, अमेरिका र इजरायलले विद्यालयलाई लक्षित गरी आक्रमण गरिएको विषयमा औपचारिक पुष्टि गरेका छैनन्।

जेनेभास्थित रेडक्रस तथा रेड क्रिसेन्टका अधिकारीहरूले घटनास्थलमा उद्धार टोली परिचालन गरिएको बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले विस्फोटपछिका केही भिडियो क्लिप प्रमाणीकरण गरेको जनाएको छ, जसमा धुवाँ उडिरहेको भवन, चिच्याइरहेका मानिसहरू र भीडभाड देखिएको उल्लेख छ। तर मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको बीबीसीले जनाएको छ।

इरानमा विदेशी पत्रकारलाई भिसा दिन कडाइ गरिने भएकाले घटनाको स्वतन्त्र तथ्य संकलन गर्न कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन्।

घटनापछि सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। केही प्रयोगकर्ताले मिनाबका बालबालिका युद्धका पहिलो पीडित बनेको बताएका छन् भने केहीले सरकारमाथि नै पर्याप्त सुरक्षा व्यवस्था नगरेको आरोप लगाएका छन्। इन्टरनेट सेवा अवरुद्ध गरिएको, आश्रयस्थलको अभाव रहेको र विद्यालय बन्दबारे स्पष्ट सूचना नदिइएको भन्दै आक्रोश व्यक्त गरिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक आक्रमणमै इरानका सर्वोच्च नेता अली खामेनी र उनका वरिष्ठ कमाण्डरहरू मारिएको दाबी गरेका छन्। उक्त दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

स्थिति तनावपूर्ण बन्दै गएको छ र थप आक्रमण तथा प्रतिआक्रमणको सम्भावनाबीच अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/