Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

काठमाडौं - मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएपछि भारतका दुई प्रमुख निजी वायुसेवा कम्पनी Air India र IndiGo ले उक्त क्षेत्रका सबै गन्तव्यमा उडानहरू अस्थायी रूपमा स्थगित गरेका छन्। इजरायल र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – मध्यपूर्व क्षेत्रमा सुरक्षा अवस्था जटिल बन्दै गएपछि भारतका दुई प्रमुख निजी वायुसेवा कम्पनी Air India र IndiGo ले उक्त क्षेत्रका सबै गन्तव्यमा उडानहरू अस्थायी रूपमा स्थगित गरेका छन्।

इजरायल र अमेरिकाद्वारा इरानमाथि गरिएको आक्रमणपछि क्षेत्रीय हवाई सुरक्षामा जोखिम बढेको जनाउँदै दुवै कम्पनीले यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको बताएका छन्।

एयर इन्डियाले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा “मध्यपूर्वका केही भागहरूमा बढ्दो असुरक्षा अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्मका लागि सबै उडानहरू स्थगित गरिएको” उल्लेख गरेको छ। त्यस्तै, इन्डिगोले पनि ग्राहक र कर्मचारीको सुरक्षालाई केन्द्रमा राख्दै उडानहरू अस्थायी रूपमा रोकेको जनाएको छ।

मध्यपूर्व क्षेत्रमा लाखौँ भारतीय आप्रवासी कार्यरत छन्। खाडी मुलुकहरू भारतका लागि रोजगारी, रेमिट्यान्स तथा ऊर्जाको महत्वपूर्ण स्रोत मानिन्छन्। यसैबीच, भारतले ऐतिहासिक रूपमा इजरायल र इरानसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम राख्दै आएको छ।

प्रधानमन्त्री Narendra Modi इजरायल भ्रमणबाट स्वदेश फर्किएको एक दिनपछि उक्त आक्रमण भएको हो। भ्रमणका क्रममा दुई देशबीच व्यापार तथा रक्षा सहकार्यलाई थप सुदृढ बनाउने सहमति भएको थियो।

प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि भारत इजरायलसँग “दृढतापूर्वक उभिएको” बताएका थिए।

हाल उडान स्थगन कति समयसम्म रहने भन्नेबारे स्पष्ट समयसीमा तोकिएको छैन। सम्बन्धित वायुसेवाले यात्रुहरूलाई आफ्नो उडानको अद्यावधिक जानकारीका लागि आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/